डिजिटल बैंकिंङ्ग
बिकसित राष्ट्रहरुमा बैंकलाई इन्टरनेट वा मोबाइलको माध्यमबाट प्रयोग गरिन्छ । कम्प्यूटर वा मोबाइल मार्फत दैनिक बैंकिङ कार्यहरू गर्ने देखि लिएर धेरै पसलहरूमा नगद रहित लेनदेनहरूलाई सशक्त बनाउन नेपाल राष्ट्र बैंकले नेपाल भित्र रहेका विभिन्न बैंकहरु मार्फत बैंकिङ सेवालाई डिजिटल प्रविधि मार्फत प्रयोगमा लिएर आइरहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ‘क’ वर्गको बैंकको रुपमा दर्जा दिएको छ । २४ फेब्रुअरी २०२३ को विकिपीडियाको तथ्यांक हेर्दा नेपालमा जम्मा २० वाणिज्य बैंकहरू छन् । यसरि नै विकास बैंकहरुलाई ‘ख’ वर्गको बैंकको रुपमा बर्गिकरण गरेको छ भने फाइनान्स कम्पनीहरूलाई वर्ग “ग” बैंकको रूपमा मूल्याङ्कन गरिएको छ ।
मोबाइल वालेट, एटिएम , इन्टरनेट बैंकिङ, एस. एम. एस. बैंकिङ, भाइबर बैंकिङ, ह्वाट्सएप बैंकिङ, बैंकले उपलब्ध गराएको कुनै फोन नम्बरमा आफ्नो खाता संग सम्बन्धित मोबाइल फोन नम्बरबाट मिसकल गर्दा खातामा भएको रकमको जानकारी SMS मार्फत आउने देखि लिएर अनलाइनबाटै बैंकिङ कारोवार गर्न मिल्ने Connect IPS जस्ता धेरै सुविधाहरु मार्फत बैंक जाने र लाईन बस्नुपर्ने बाध्यतालाई पन्छाउँदै नेपाली बैंकिङ इन्डस्ट्री अगाडि बढीरहेको छ ।
डिजिटल बैंकिङ धेरै समस्याहरुको समाधान हो तर यो चलाउँदा आउने समस्या र प्रक्रियाहरूको बारेमा राम्ररी नबुझी यसको प्रयोग गर्नु हानिकारक पनि हुन सक्छ ।
“डिजिटल बैंकिङ” भनेको के हो ?
डिजिटल बैंकिङ भनेको कम्प्युटरबाट बैंकको वेबसाइट, वालेट, एप, मिस कल वा अन्य कुनै विधुतीय प्रबिधि मार्फत बैंकिङ सुविधाहरू र सेवाहरू पहुँच गर्नु हो । ब्यालेन्स जाँच गर्न वा बिजुली बिल तिर्न खातामा लग इन गर्न सकिन्छ । आफ्नो अनलाइन बैंकिङ पोर्टल मार्फत बैंकहरूमा ऋण वा क्रेडिट कार्डको लागि आवेदन गर्ने जस्ता अतिरिक्त बैंकिङ सुविधाहरू पहुँच गर्न सकिन्छ ।
अनलाइन बैंकिङले कम्प्यूटरबाटै घर वा अफिसमा बसेर धेरै व्यक्तिगत वित्तीय आवश्यकताहरुलाई सम्बोधन गर्न सक्छ । मोबाइल बैंकिङ भनेको मोबाइल एपहरू जस्तै स्मार्ट फोन वा ट्याब्लेटहरू मार्फत ती धेरै बैंकिङ सुविधाहरू प्रयोग गर्नु हो।
डिजिटल बैंकिङ एक छाता शब्द हो जुन सबै अनलाइन बैंकिङ-सम्बन्धित र वित्तीय संस्था-सम्बन्धित सेवाहरू समेट्छ। यी बैंकको वेबसाइट, मोबाइल एप्लिकेसन वा दुवै मार्फत प्रदान गरिने सेवाहरू हुन्। डिजिटल बैंकिङ मार्फत संसारको कुनै पनि ठाउँबाट टाढाबाट बैंकिङ सुविधाहरू एक्सेस गर्न सकिन्छ ।
डिजिटल बैंकिङबाट के के गर्न सकिन्छ ?
- खाताको ब्यालेन्स जाँच गर्न
- बिलहरु ( बिजुली, पानी, मोबाइल, क्रेडिट कार्ड आदि ) भुक्तानी गर्न
- ऋण व्यवस्थापन गर्न
- रकम स्थानान्तरण गर्न
- क्रेडिट कार्ड वा क्रेडिट लाइनहरूको लागि आवेदन दिन
- ब्यालेन्स, लेनदेन, र अन्य वित्तीय अलर्टहरू प्राप्त गर्न
- नगद जम्मा गर्न
- रकम निकाल्न
डिजिटल बैंकिंङ्ग मोबाइल नेटवर्क अपरेटर र बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने वित्तीय सेवा हो, जसले परम्परागत बैंकिंङ्ग सञ्जालका साथमा स्वतन्त्र, मोबाइल नेटवर्क अपरेटरहरु सँग साझेदारी गरि सजिलो सेवा प्रदान गर्दछ इन्टरनेटको मार्फतबाट बैंकिंङ्ग क्रियाकलाप गर्न मदद गर्दछ । परम्परागत बैंकिंङ्ग सेवाहरुहरु पहुँच गर्न मोबाइल फोनलाई अर्को च्यानलको रुपमा प्रयोग गरिने सेवाहरुलाई मोबाइल बैंकिंङ्ग भनिन्छ ।
डिजिटल बैंकिङले परम्परागत बैंकिङ विधिहरूको लागि सुविधाजनक र प्रभावकारी विकल्प प्रदान गर्दछ। वेबसाइटहरू र मोबाइल एपहरू मार्फत जुनसुकै कुनाबाट बैंकिङ सेवाहरू पहुँच गर्ने क्षमताको साथ, प्रयोगकर्ताहरूले पैसा स्थानान्तरण, बिलहरू भुक्तानी, र बैंक स्टेटमेन्टहरू हेर्न मिल्ने जस्ता कार्यहरू गर्न सकिन्छ । डिजिटल बैंकहरूले बचत खाताहरू, चल्ती खाताहरू, नगद निकासी र निक्षेपहरू, कोष स्थानान्तरण, र ऋणहरू सहित परम्परागत बैंकहरू जस्तै उत्पादन र सेवाहरू प्रदान गर्दछ।
प्रारम्भिक मोबाइल बैंकिंग सेवाहरु SMS मार्फत प्रस्ताव गरिएको थियो, जुन सेवालाई SMS बैंकिंग भनिन्छ ।
इन्टरनेट बैंकिंग
इन्टरनेट बैंकिंग प्रणालीले विवरण राख्नको लागि इन्टरनेट प्रयोग गर्न अनुमति दिन्छ वा बैंक खाताबाट पैसा लिन अनुमति दिन्छ । इन्टरनेट बैंकिंग, अनलाइन बैंकिंगको नामले पनि चिनिन्छ ।
इन्टरनेट बैंकिंगले ईन्टरनेटको रुपमा डेलिभरी गर्ने च्यानललाई प्रयोग गर्दछ जुन बैंकिंग गतिविधि सञ्चालन गर्ने, उदाहरणका लागि रकमहरु ट्रान्सफर गर्ने, धितोहरु भुक्तान र निक्षेपको वित्तीय उपकरण र सेयरहरु खरिद गर्दछन । इन्टरनेट बैंकहरु पनि भर्चुअल, साइबर, अन्तर्कियात्मक, वा वेब बैंकहरु भनेर चिनिन्छन ।
इन्टरनेट बैंकिंग प्रणालीले प्रयोगकर्तालाई बैंकिंग गतिविधि राख्नको लागि इन्टरनेट प्रयोग गर्न अनुमति दिन्छ वा बैंकिंग कारोबार राख्न सहज बनाउछ । इन्टरनेट बैंकिंग इन्टरनेट जोडिएको कम्प्युटर द्धारा एउटा खाता देखि अर्को खातामा रकम स्थान्तरण, बिल तिर्ने, वित्तिय कारोबार आदि गर्ने प्रक्रिया हो ।
यसलाई अझै सरल भाषामा ईलेक्ट्रोनिक भुक्तानी प्रणाली पनि भनिन्छ जसले बैंक वा अन्य वित्तीय संस्थाका ग्राहकहरुलाई वित्तिय संस्थाको वेबसाइट मार्फत विभिन्न वित्तीय कारोबारहरु सञ्चालन गर्न मद्दत गर्दछ । अनलाइन बैंकिंग प्रणाली सामान्यतया ग्राहकहरुलाई परम्परागत शाखा बैंकिंगको सट्टा बैंकिंग सेवाहरु प्रदान गर्न बैंकद्धारा सञ्चालित बैंकिंग प्रणाली हो ।
अनलाइन वा इन्टरनेट बैंकिंगले शाखा सञ्चालमा निर्भरता घटाएर बैंकहरुको सञ्चालन लागतमा उल्लेख्य रुपमा कमी ल्याउँछ र ग्राहकहरुलाई बैंकको शाखामा आउनको लागि समय बचत गर्न र शाखाहरु बन्द हुँदा पनि बैंकिंग कारोबारहरु गर्न सक्षम हुने सुविधा प्रदान गर्दछ ।
इन्टरनेट बैंकिंगले व्यक्तिगत र कर्पोरेट बैंकिंग सेवाहरु प्रदान गर्दछ जसमा खाताको ब्यालेन्स हेर्ने, स्टेटमेन्टहरु प्राप्त गर्ने, हाल-सालैको लेनदेनहरु जाँच्ने, खाताहरु बीच पैसा ट्रान्सफर गर्ने र भुक्तानी गर्ने जस्ता सुविधाहरु प्रदान गर्दछ ।
पहिलो इन्टरनेट बैंकिंग सन १९९६ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको थियो र त्यसपछि सिटी बैंक र वेल्स फार्गो जस्ता प्रख्यात बैंकहरुले सन २००१ मा आफ्ना ग्राहकहरुलाई यो सेवा उपलब्ध गराउन थाले र नेपालमा पनि पहिलो बैंकको स्थापना पछि बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिंग लागि करिब ६५ वर्ष कुर्नु परेको थियो र कुमारी बैंक लिमिटेड सन २००२ मा नेपालमा इन्टरनेट बैंकिंग सुरु गर्ने पहिलो बैंक हो ।
इन्टरनेट बैंकिंगको लागि, बैंकको विवरण, लेनदेन र अनुरोधहरुमा सबै जानकारी ईलेक्ट्रोनिक रुपमा आदान प्रदान गरिन्छ । यसले तेस्रो पक्षलाई आफ्नो निजि बैंकिंग जानकारी प्रस्तुत गर्ने सन्दर्भमा ग्राहकहरुको तर्फबाट कुनै पनि प्रकारको त्रुटी हुने सम्भावनालाई कम गर्छ र कुनै पनि जानकारीको दुरुपयोग हुनबाट जोगाउँछ । बैंकिंगको साथ, जानकारी पूर्ण रुपमा गोप्य रहन्छ र व्यक्तिगत ज्ञानको आधारमा सबै बैंकिंग निर्णयहरुको लागि इन्टरनेट बैंकिंग युजर स्वयम् जिम्मेवार हुन्छन ।
डिजिटल वालेट
डिजिटल वालेट लाई ई-वालेट पनि भनिन्छ यो इन्टरनेट बेंकिंगको मोबाइल अनलाइन सेवा, वा सफ्टवेयर प्रोग्रामहो जसले एक पक्षलाई वस्तु र सेवाहरुको लागि डिजिटल मुद्रा लेनदेन गर्न अनुमति दिन्छ ।
डिजिटल कारोबार गर्ने सजिलो तरिका भएकाले मानिसहरुलाई टुक्रयाउन सक्ने जोखिम उच्च रहने नियामक अधिकारी तथा विज्ञहरुको मत पाइन्छ । सामाजिक सञ्जालमा मिथ्या विज्ञापन फैलाएर पैसा लिएर सामान नदिने देखि बैंककै मानिसहरु भनेर गोप्य विवरणहरु माग्ने र त्यसलाई गलत प्रयोग गरेर रकम अप चलन गर्ने प्रवृति पछिल्लो समय धेरै देखिएको पाइन्छ ।