पार्टटाइम जबको अवसर दिने डिजिटल प्लेटफर्म श्रीयोग डटकम सञ्चालन

Part Time Job Sep 13, 2019

पार्टटाइम जवको अवसर दिलाउने तथा कामदार चाहिएका संस्थाहरुलाई सेवा दिनेगरी डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ। श्रीयोग डटकम नामक अनलाइन फ्लेटफर्म सञ्चालनमा आएको हो।

श्रीयोग कन्सल्टिङ्गले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्ने भन्दै सेवा शुरु गरेको जानकारी दिएको छ।

यसमा १८ वटा मुख्य समुह, १ सय ५० भन्दा बढी उप–समुह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्टटाईम काम गर्ने मौका दिनेगरी सेवा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

यस अनलाइनमा आफूलाई सूचिकृत गर्न चाहने ब्यक्तिले श्रीयोग टटकममा गएर आफूलाई दर्ता गराउनु पर्छ । दर्ता गराउन मोवाइल वा इमेल ठेगाना आवश्यक हुन्छ । दर्ता गराउँदा आफ्नो ब्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचिकृत भएका ब्यक्तिहरुलाई रोजगार दाताले उनीहरुको ब्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सक्छन् ।

डिजिटल प्लाटफर्म श्रीयोग डटकमले पार्टटाइम काम गर्ने, केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ । सो लिस्टअन्तर्गत आफूलाई चाहिएको व्यक्ति र उसले दिने सेवालाई फोनमा सम्पर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिनेछ ।


यसका लागि थप जानकारी लिनका लागि श्रयोग डटकममा गएर पाउन सकिने छ।

Tags